दफा
स्थानको रिक्तता र पूर्ति
(१) दफा ७ को उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिम निर्वाचित कुनै पार्षद्को मृत्यु भएको वा कुनै पार्षद्ले राजीनामा दिएको वा कुनै पार्षद् यस ऐनको व्यवस्था अनुसार संस्थाको सदस्य कायम रही रहन अयोग्य भएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्को बाँकी पदावधि एक वर्ष भन्दा कम भएमा परिषद्ले सोही दफाको उपदफा (३) को सोही खण्डहरुमा उल्लेख भए बमोजिम संस्थाका सदस्यहरुमध्ये कसैलाई पार्षद् तोक्नेछ र एक वर्ष भन्दा बढी भएमा निर्वाचनद्वारा सो पदको पूर्ति गरिनेछ ।
(२) दफा ७ को उपदफा (३) को खण्ड (ग) बमोजिम मनोनीत कुनै पार्षद्को मृत्यु भएको वा कुनै पार्षद्ले राजीनामा दिएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्को बाँकी पदावधिको लागि सोही खण्डमा उल्लिखित प्रकृया अपनाई कसैलाई पार्षद्‌ मनोनीत गरिनेछ ।